प्रचण्डको खुलासाः केपी ओलीले ठूलै प्रतिगमन गरेका थिए, त्यसलाई उल्ट्याउन सफल भयौं

नेपालभ्युज

प्रचण्डको खुलासाः केपी ओलीले ठूलै प्रतिगमन गरेका थिए, त्यसलाई उल्ट्याउन सफल भयौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत वर्ष आफूहरूले संघर्ष नगरेको भए देशमा प्रतिगमनको शासन लादिने बताएका छन्।

सिरहामा रामप्रताप साह प्रवेशद्वार उद्घाटन तथा नगर अस्पताल भवन शिलान्यासमा पुगेका अध्यक्ष प्रचण्डले  गत साल आफूहरूले ठूलो त्याग र बलिदानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने षडयन्त्र भएको बताए। “केपी ओलीले पार्टीमा अल्पमतमा परेका हुनाले संसद विघट गर्ने अपराध गरे। नेपाली जनताले ७० वर्षदेखि लडेर ल्याएको त्याग र बलिदान उल्ट्याउने दुस्साहस गरे उनले। तपाईंहरूलाई थाहा छ। यो ठूलो र गहिरो कुरो हो। त्यो षडयन्त्र सफल भएको भए देश दुर्घटनामा पोहोरै परिसक्ने थियो,” उनले खुलासा गरेको बताए।

आफ्नो लागि यहाँको ठाउँ परिचित भएको र राजनीतिक रूपले घनिष्ठ रूपले जोडिएको ठाउँ भएको पनि उनले बताए।

“मैले संविधानसभाको दोस्रो निर्वाचनमा मधेशबाट मत लिएर प्रचण्ड भनेको पहाडिया र मधेशीको छोरा हुँ। त्यै भएर म सिरहा आएको थिएँ। त्यतिबेला माओवादीलाई परास्त गर्न निकै प्रयास भएको थियो। म काठमाडौं हारें, सिरहामा जितें,” भाषणका क्रममा उनले भने, “तपाईंहरूले नजतिकाएको भए दोस्रो पटक प्रधानमन्त्री नबन्ने र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न पाउने थिइनँ।

सिराहाले आफूलाई निकै अफ्ठ्यारो भएको बेला साथ दिएको भन्दै आफूलाई जिताउने सबैलाई सम्मान गर्ने बताए।

“त्यतिबेला खबरदार प्रतिक्रान्ति स्वीकार्य छैन भनियो। म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेशी जनतालाई अधिकार दिलाएँ,” उनले भने। आफू प्रधानमन्त्री हुँदा दुवैचोटि मधेशीलाई अधिकार दिलाउन संसदमा संविधान संशोधन प्रस्ताव लगेको पनि उनले बताए।

एमाले भन्ने पार्टी र केपी ओलीकै कारण मधेशीले अधिकार नपाएका पनि उनको आरोप थियो।

गत साल प्रतिगमनको कसरत हुँदा काठमाडौंमा विरोधसभा गरेको सम्झँदै उनले भने, “पोहोर सालको विशाल र्‍यालीमा विरोधसभामा मधेशबाट काठमाडौंमा गएर खबरदारी गरेको भएर, पहाड हिमाल तराई मिलेर नारा लगाएको भएर, मैले मञ्चबाट खबरदारी गरको थिएँ। प्राप्त अधिकार खोस्न दिइँदैन भनेपछि न्याय क्षेत्र ता सबैको सहयोगबाट केपी ओलीको यात्रा असफल भयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved