शंकर पोखरेल नेतृत्वमा निर्वाचन आयोग पुग्यो एमाले टोली

महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव विष्णु रिमालसहितका प्रतिनिधि आयोगको कार्यालय बहादुरभवन पुगेका हुन्।

नेपालभ्युज

शंकर पोखरेल नेतृत्वमा निर्वाचन आयोग पुग्यो एमाले टोली

काठमाडौं। स्थानीय तह निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधिमण्डल निर्वाचन आयोग पुगेको छ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव विष्णु रिमालसहितका प्रतिनिधि आयोगको कार्यालय बहादुरभवन पुगेका हुन्।

यसअघि, एमालेले आयोगले जारी गरेको आचारसंहिता संविधान र कानूनसँग मेल नखाने भन्दै अस्वीकार गरेको थियो। सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने र एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको विषयमा उसले आपत्ति जनाएको थियो।

एमालेले पालना तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय आचारसंहितामा राखिएको भन्दै मंगलबार बसेको सर्वदलीय बैठकमा समेत हस्ताक्षर गरेको थिएन। उसले आचारसंहिता नमान्ने चेतावनीसमेत दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved