कुलमानको प्रस्टीकरणः उद्योगीहरूले भनेजस्तो १४ घण्टा लोडसेडिङ भएको छैन

नेपालभ्युज

कुलमानको प्रस्टीकरणः उद्योगीहरूले भनेजस्तो १४ घण्टा लोडसेडिङ भएको छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरूले भनेजस्तो १४ घण्टा उद्योगहरूमा लोेडसेडिङ नभएको बताएका छन्।

बुधबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा घिसिङले तत्कालीन समयमा भारतबाट विद्युत् खरीद गर्न समस्या आएकाले कही कतै विद्युत् कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरे।

निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगहरूमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए। कुनै उद्योगहरूमा ट्रान्समिसन लाइनको कारण विद्युत् कटौती भएर बेलुका एक-दुई घण्टा विद्युत कटौती भएको हुन सक्छ तर प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए।

उनले भने, “अहिले हिउँद महीनामा विद्युत् आयात गर्नु पर्ने भए पनि असारबाट बिक्री गनुपर्छ। २१ सय मेगावटको उत्पादन क्षमता रहेको छ। २०० सय मेगावट असारसम्म थपिने निश्चित छ। उत्पादन क्षमता २३ सय मेगावट हुन्छ। हाम्रो देशैभर माग १९ सयदेखि २ हजार मेगावट पुग्यो भने पनि ४ सय मेगावट बेच्नुपर्ने हुन्छ। रातिको समयमा बढी पनि बेच्नुपर्ने हुन्छ। फरक मार्केटमा प्रवेश गर्नुपर्छ। अहिले भारतले जुन अनुमति दिएको छ राम्रो भएको छ। अहिले तत्काल औधोगिक क्षेत्रका उद्योगीहरूले प्राधिकरणले लोडसेडिङ गर्‍यो भन्ने विषयहरू पनि आयो। यो तत्कालीन अवस्थाको समस्या थियो। लामो समयको समस्या जस्तो गरेर जुन हिसाबले बाहिर आयो। त्यो थिएन। कहिलेकाहीँ कतै कटौती भयो हो। तर हामीले लोडसेडिङ गरेको छैन। कुनै पनि उद्योगलाई लोडसेडिङ गरेको छैन। बेलुकाको समयमा कुनै उद्योगमा एक दुई घण्टा ट्रान्समिसन लाइनको कारणले लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरहेको हुन्छ। त्योबाहेक कहीँ पनि लोडसेडिङ भएको छैन।”

निर्देशक घिसिङले यो रूस र युक्रेनबीचको युद्धको कारण विद्युत् आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरूले बुझ्नुपर्ने बताए। उनले तीन महीना भारतबाट केही विद्युत् आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत् निर्यात गर्ने अवस्था रहेको बताए।

असारसम्म नेपालको विद्युत् उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved