रुसद्वारा प्रतिबन्धविरुद्धको अपिल फिर्ता, बाँकी अपिल कायमै

रूसले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरुद्ध गरेको अपिल फिर्ता लिएको छ।

नेपालभ्युज

रुसद्वारा प्रतिबन्धविरुद्धको अपिल फिर्ता, बाँकी अपिल कायमै

काठमाडौं। रूसले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरुद्ध गरेको अपिल फिर्ता लिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध अपिल गरेको थियो।

तर उसले पछि सो अपिल फिर्ता लिएको हो।रूसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन्। रूसका पुरुष र महिला राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकायविरुद्ध खेलकुदको मध्यस्थता (क्यास) अदालतमा अपिल गरेको थियो।

प्रतिबन्धसँगै रुसले विश्वकप छनोट अन्तर्गत पोल्यान्डविरुद्धको प्ले अफ खेल गुमाएको थियो। पोल्यान्ड विश्वकपमा छनोट भइसकेको छ। यो सँगै रुसले फिफा विश्वकप फुटबलमा लागेको प्रतिबन्धविरुद्ध गरेको अपिल फिर्ता लिएको हो। बाँकी अपिल कायमै राखेको एजेन्सीहरूले जनाइएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved