आईपीएल – बैंगलोरको दोस्रो जित, जितसँगै छैटौँ स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले दोस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ विकेटको हराएको हो।

नेपालभ्युज

आईपीएल – बैंगलोरको दोस्रो जित, जितसँगै छैटौँ स्थानमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले दोस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ विकेटको हराएको हो।

राजस्थानले जितका लागि दिएको १७० रनको लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। बैंगलोरका लागि साहबाज अहमेदले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै दिनेश कार्तीकले ४४ रन जोड्दा कप्तान फाफ डू प्लेसिले २९ रन जोडे।

बलिङतर्फ राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहालले दुई–दुई विकेट लिए। त्यस्तै नवदीप सैनीले एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले जोस बट्रको अर्धशतको सहयोगमा निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६९ रन बनाएको थियो।
राजस्थानका लागि बट्लरले ७० रनको अर्धशतकीय पारी खेले।

४७ बल खेलेका उनले ६ छक्का प्रहार गरे। त्यस्तै सिमरोन हेटमायरले ४२ रन जोड्दा देभदत्त पाडिकलको नाममा ३७ रन रह्यो। बलिङतर्फ बैंगलोरका लागि डेभिड विले, वानिन्दु हर्शरंगा र हर्शल पटेलले एक–एक विकेट लिए।

जितसँगै छैटौँ स्थानमा पुगको बैंगलोरले ३ खेलबाट ४ अंक जोडेको छ। पराजित राजस्थान ३ खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved