स्थानीय तह निर्वाचनका मतपत्र छपाई शुरु

नेपालभ्युज

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य शुरु भएको छ। निर्वाचन आयोगका अनुसार सबैभन्दा कम १६ लहरको र सबैभन्दा बढी ५६ लहरको मतपत्र छपाइको काम सोमबारदेखि शुुरु भएको हो।

आयोगले जिल्लाअनुसार कुल मतदाताको आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छाप्ने भएको छ। दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेको खण्डमा ढुवानीका लागि मतपत्र छपाइमाभन्दा बढी खर्च लाग्ने भएकाले त्यस्ता क्षेत्रमा २५ प्रतिशतसम्म बढी मतपत्र जगेडा राख्न मिल्ने गरी आयोगले मतपत्र छपाइ गर्नेछ।

आयोगले मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ। आयोगले जिल्लाअनुसार कुल मतदाताको आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छाप्ने भएको छ।

दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेको खण्डमा ढुवानीका लागि मतपत्र छपाइमाभन्दा बढी खर्च लाग्ने भएकाले त्यस्ता क्षेत्रमा २५ प्रतिशतसम्म बढी मतपत्र जगेडा राख्न मिल्ने गरी आयोगले मतपत्र छपाइ गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved