दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग, प्रतिबद्धतापत्रमा शीर्ष नेताबाट हस्ताक्षर गराउने तयारी

स्थानीय तह निर्वाचनमा केन्द्रित छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ। आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।

नेपालभ्युज

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग, प्रतिबद्धतापत्रमा शीर्ष नेताबाट हस्ताक्षर गराउने तयारी

काठमाडौं। स्थानीय तहको निर्वाचन आउन ३८ दिन बाँकी रहँदा मंगलबार निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दैछ। मध्यान्न १२ बजे दलहरूका प्रतिनिधिसँग छलफल गर्न लागेको आयोगले जनाएको छ।

स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। स्थानीय तह निर्वाचनमा केन्द्रित छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ।

आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।

०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो।

सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved