ईपीएलमा शीर्ष चारको प्रतिस्पर्धा रोचक, आर्सनल ३-० ले पराजित

नेपालभ्युज

ईपीएलमा शीर्ष चारको प्रतिस्पर्धा रोचक, आर्सनल ३-० ले पराजित

एजेन्सी । इंलिस प्रिमियर लिग फुटबलमा आर्सनललाई क्रिस्टल प्यालेसले ३-० ले हराएको छ। क्रिस्टल प्यालेसबाट जियन फिलिप माटेटा, जोअन  एयु र विल्फ्रेड जाहाले एक एक गोल गरे। शीर्ष चार स्थानमा पर्ने लक्ष्य राखेको  आर्सनललाई यो हारले ठूलो धक्का लागेको छ।

हारसँगै आर्सनल पाँचौं स्थानमा झरेको छ र इंलिस प्रिमियर लिगमा शीर्ष चारको होड थप रोमान्चक बन्ने देखिएको छ।

आर्सनलले २९ खेलबाट ५४ अंक जोडेको छ। एक खेल बढी खेलेको टोट्टेनह्याम आर्सनलको हारपछि चौथोमा उक्लिएको छ। टोट्टेनह्यामको पनि ५४ अंक नै छ, तर गोलअन्तर आर्सनलभन्दा राम्रो छ।

यी दुई छिमेकी प्रतिद्वन्द्वीबीचको खेल शीर्ष चारभित्र पर्ने टोलीको टुंगो लगाउन महत्वपूर्ण साबित हुने अड्कल धेरैले लगाएका छन्। शीर्ष चारको दौडमा म्यानचेस्टर युनाइटेड र वेस्टह्‍याम पनि छन्।

इंलिस प्रिमियर लिगमा शीर्ष चारभित्र पर्ने टिम च्याम्पियन्स लिगका लागि छानिन्छन्। पहिलो स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुल अहिले उपाधि होडमा छन्, सिटको ७३ र लिभरपुलको ७२ अंक छ। त्यस्तै तेस्रो स्थानको चेल्सीको ५९ अंक छ।

आर्सनलविरद्ध हासिल गरेको शान्दार जीतपछि क्रिस्टल प्यालेस नवौं स्थानमा उक्लिएको छ। उसले ३० खेलबाट ३७ अंक बटुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved