अध्यादेश ल्याएरै पनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजत दिन्छौं: ऊर्जामन्त्री भुसाल

उनले भनिन्, ‘‘कानूनमा गएर हामीलाई दाँतमा ढुंगा लागेको छ, कार्यविधि बनाएर दिन पाइन्न, ऐनमा छैन। तर अध्यादेशकै विधिद्वारा भए पनि विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा प्रतिवद्ध छु।”

नेपालभ्युज

अध्यादेश ल्याएरै पनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजत दिन्छौं: ऊर्जामन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन्। सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भए पनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताइन्।

मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भए पनि प्रक्रियागत रूपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उनले बताइन्। संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भए पनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उनको भनाइ थियो।

‘‘झन्डै तीन महीना लाएर एकदमै विज्ञ, विशेषज्ञ सबैलाई राखेर अध्ययन गराएर अनि लाइसेन्स दिने कार्यविधि, नियमावली सबै तयार पार्‍यौँ,” उनले भनिन्, ‘‘कानूनमा गएर हामीलाई दाँतमा ढुंगा लागेको छ, कार्यविधि बनाएर दिन पाइन्न, ऐनमा छैन। तर अध्यादेशकै विधिद्वारा भए पनि विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा प्रतिवद्ध छु।”

समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सल्लाह गर्ने उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved