तेत्तीस जना संक्रमित थपिए, ८९ जना कोरोनामुक्त

नेपालभ्युज

तेत्तीस जना संक्रमित थपिए, ८९ जना कोरोनामुक्त

काठमाडौं। कोरोना भाइरसको संक्रमण ३३ जनामा देखिएकोे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सक्रिय कोरोना संक्रमितको सङ्ख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ। निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य संक्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ।

मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्।

नेपालमा कोराना संक्रमण दर १७ दशमलव छ प्रतिशत छ। हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved