भारतमा फेरि बढ्यो पेट्रोलको मूल्य

भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ। गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ।

नेपालभ्युज

भारतमा फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं। भारतमा पेट्रोल तथा डिजेलको मूल्य सोमबार पुनः ४० पैसा प्रतिलिटरले बढेको छ। गत दुई सातामा पेट्रोल–डिजेलको मूल्यमा ८ दशमलव ४० भारु प्रतिलिटर वृद्धि भएको छ।

मार्च २२ देखि यता भारतमा अहिलेसम्म १२ पटक पेट्रोल–डिजेलको मूल्य वृद्धि भएको छ ।

सरकारी तेल कम्पनीको तर्फबाट जारी गरिएको सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३ दशमलव ८१ भारु प्रतिलिटर भएको छ। डिजेलको मूल्य ९४ दशमलव ६७ भारुबाट बढेर ९५ दशमलव ०७ पुगेको छ।

पेट्रोल र डिजेको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करमा आधारित हुनाले भारतमा राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक फरक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved