स्थायी शिक्षकमा नाम निकालिदिन्छु भन्दै ६० लाख असुलेर फरार

शिक्षक सेवा आयोगको परीक्षामा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाख बढी रकम असुलेर एक व्यक्ति फरार भएका छन्। कालिकोट गेला निवासी जगत शाही र उनका सहयोगी मनराज शाहीले सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन्।

नेपालभ्युज

स्थायी शिक्षकमा नाम निकालिदिन्छु भन्दै ६० लाख असुलेर फरार

सुर्खेत। शिक्षक सेवा आयोगको परीक्षामा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाख बढी रकम असुलेर एक व्यक्ति फरार भएका छन्। कालिकोट गेला निवासी जगत शाही र उनका सहयोगी मनराज शाहीले सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन्।

उनीहरूले सुर्खेतको मंगलगढीको जेनिथ इन्टिच्यूटमा र सुर्खेतस्थित एमपीजे मःम सेन्टरबाट हस्तलिखित प्रश्न उत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको पीडितहरूले जनाएका छन्।

आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाखका दरले पैसा उठाएका थिए। उनीबाट ३० जनाभन्दा बढी पीडितहरूले मौखिक रूपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी दिएका छन्।

१५ गतेबाट शुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएर पश्नपत्रसहित उत्तर लेखेर पठाइदिने शर्तमा पैसा उठाएको कालिका माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका कालिकोटका शिक्षक खेमराज शाहीले बताए।

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराउने शर्तमा परीक्षार्थीबाट रकम असुलेको र परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको कालिकोट खाडाँचक्र नगरपालिका रामबहादुर शाहीले बताए। ‘‘मसँग दुईलाख रुपैयाँ माग गरेका थिए। मैले दिएँ,’’ उनले भने ,‘‘मलाई कुनै उत्तर पुस्तिका र प्रश्नपत्र पनि दिइएन। पछि खोज्दा उनको मोबाइल स्विच अफ गरिएको थियो।’’

प्रहरीले जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको छ। प्रशिक्षार्थीहरूको गुनासो आएकाले अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले बताए। ठगिनेमा कालिकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायत जिल्लाका परीक्षार्थीहरू छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved