द्विपक्षीय संयन्त्रहरूमार्फत सीमा समस्याबारे छलफल गरौं : देउवा

नेपालभ्युज

द्विपक्षीय संयन्त्रहरूमार्फत सीमा समस्याबारे छलफल गरौं : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्विपक्षीय संयन्त्रहरुमार्फत सीमा समस्याका विषयमा छलफल गर्नका लागि भारतसँगप्रस्ताव गरेका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिबार हैदराबाद हाउसमा भेटवार्ता भएको थियो ।

लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने,”हामीले सीमा समस्याबारे छलफल गरेका छौं। र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु।”

पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतको जस्तो आपसी मित्रता र सम्बन्धको उदाहरण विश्वमा कतै देख्न नपाइने बताए। उनले नेपालको शान्ति र प्रगतिमा सधैं भारतको साथ रहिरहने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved