कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

चुनावी तालमेलका विषयमा निर्णय गर्न सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ।

नेपालभ्युज

कांग्रेसले आज चुनावी तालमेलबारे निर्णय गर्ने

काठमाडौं। चुनावी तालमेलका विषयमा निर्णय गर्न सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको छ। तालमेलको पक्ष÷विपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्यकताको सिद्धान्तअनुसार तालमेलको पक्षमा निर्णय लिने नेताहरूको भनाइ छ ।

गएको शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ ।

सबैभन्दा धेरै चासो भरतपुर महानगरपालिकामा भइरहेको र त्यसका विषयमा पनि निचोडमा पुग्ने एक नेताले बताएका छन्। बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षा जारी छ। स्थलगत भ्रमणबाट फर्किएका सभापति शेरबहादुर देउवानिकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको विपक्षमा मत राखेका छन्। यद्यपि, उनी तालमेल गर्ने पक्षमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved