माओ‌वादीसँगको एकीकरणपछि एमाले सकियो: खनाल

नेकपा एमाले इतिहास भइसकेको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए। एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई/तीन सिट मात्र ल्याउने उनको भनाइ थियो।

नेपालभ्युज

माओ‌वादीसँगको एकीकरणपछि एमाले सकियो: खनाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय कमिटी प्रथम विस्तारित बैठकमा खनालले यस्तो बताएका हुन्।

उनले नेकपा एमाले इतिहास भइसकेको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाए।  खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको बताए।

उनले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गरे। उनले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरे।

खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरे। उनले नेपालको इतिहासमै ६ महीनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved