इजाजतप्राप्त हतियार बुझाउन प्रशासनको निर्देशन

यही सूचनालाई आधार मानी हतियार नबुझाएको पाइएमा कारबाही गरिने उनले बताए।

नेपालभ्युज

इजाजतप्राप्त हतियार बुझाउन प्रशासनको निर्देशन

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले इजाजतप्राप्त हतियार बुझाउन निर्देशन दिएको छ। ३० वैशाखको स्थानीय चुनावमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको हो।

त्यस्ता हतियार निर्वाचन अवधिसम्मका लागि नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित हतियारधनीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक सूचना जारी गर्दै अनुरोध गरेका हुन्।

प्रजिअ पौडेलले निर्वाचन सम्पन्न भएपश्चात हतियारहरू सम्बन्धित धनीलाई फिर्ता गरिने जानकारी दिए। यही सूचनालाई आधार मानी हतियार नबुझाएको पाइएमा कारबाही गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved