भाजपालाई केजरीवालको प्रश्न: राजनीति गर्न आएको कि फिल्मको पोस्टर टाँस्न?

अहिले भाजपाका नेता तथा कार्यकर्ताहरू गल्ली गल्लीमा गएर ‘द कश्मीर फाइल्स’को पोस्टर टाँसिरहेको भन्दै उनले आपत्ति जनाए। 

नेपालभ्युज

भाजपालाई केजरीवालको प्रश्न: राजनीति गर्न आएको कि फिल्मको पोस्टर टाँस्न?

काठमाडौं। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बलिउड फिल्म ‘द काश्मीर फाइल्स’लाई कर छूट दिएकोमा आपत्ति जनाएका छन्। दिल्ली विधानसभालाई सम्बोधन गर्दै उनले बीजेपीले उक्त चलचित्रलाई कर छूट दिएर आफ्नो राजनीति बचाउन धर्मको सहारा लिनुपरेको आरोप लगाए।

अहिले भाजपाका नेता तथा कार्यकर्ताहरू गल्ली गल्लीमा गएर ‘द कश्मीर फाइल्स’को पोस्टर टाँसिरहेको भन्दै आपत्ति जनाए। विधानसभामा बोल्दै उनले भाजपाबाट निर्वाचित विधायकलाई प्रश्न गरे, ‘‘राजनीति गर्न आएको कि फिल्मको पोस्टर टाँस्न?”

उनले कश्मीर फाइल्सले यथार्थलाई लुकाएको भन्दै यसरी गलत कुराको प्रचार गर्नु गलत भएको बताए।

उनले भाजपाले केन्द्रीय सरकार चलाएको ८ वर्षसम्ममा केही काम नगरेको आरोप लगाए। उनले भने, ‘‘८ वर्ष केन्द्र सरकार चलाएको भाजपालाई विवेक अग्निहोत्रीको शरण लिनुपर्छ भने यो पक्का हो कि यो समयमा त्यो सरकारले केही काम गरेन।”

उनले भाजपाबाट निर्वाचित जनप्रतिनिधिहरूको अवस्था भेँडाहरूको जस्तो भएको बताए। ‘‘भाजपाका सब नेता काश्मीर फाइल्सलाई कर छूट देऊ भनी नारा लगाइरहेका थिए, पछाडि दुई जना दारु पसल बन्द गर भन्ने नारा लगाइरहेका थिए,” उनले भने, ‘‘एउटाले अर्कोलाई भन्यो आज त काश्मीरवाला नारा लगाउने दिन हो, काश्मीरी पण्डितको नाममा करोडौँ कमाएर पोस्टर टाँस्ने काम दिएको छ के हाल भयो यो? अब त आँखा खोल्नुहोस्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved