सलमान खानसँग हवाई सफर गर्ने मन्त्री आलेको इच्छा, केके भयो कुराकानी ?

नेपालभ्युज

सलमान खानसँग हवाई सफर गर्ने मन्त्री आलेको इच्छा, केके भयो कुराकानी ?

काठमाडौं। संस्कृति नागरिक उड्ययन मन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमानसँग भर्चुअल कुराकानी गरेका छन्।

त्यस क्रममा उनले सलमानलाई नेपाल सुन्दर देश भएकाले आउन आग्रह गरे। उनले नेपाल शान्त र सुन्दर देश भएको र धेरैजसो नागरिकले कोरोनाविरुद्ध खोप लगाइसकेकाले निर्धक्क आउन आग्रह गरे। उनले भारतमा कोरोनाको अवस्था र कोभिडविरुद्ध खोपबारे पनि जानकारी लिए।

सलमान खान आगामी १८ जेठमा काठमाडौंको दशरथ रंगशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउँदै छन्। त्यसको निमन्त्रणास्वरूप उनले सलमानसँग भर्चुअल कुराकारी गरेका हुन्।

करिब सात मिनेट लामो भिडिओमा सलमान खानले पुराना दिनहरूमा नेपालमा सुटिङ भएका फिल्मबारे सम्झेका थिए। कोरोनापछि थलिएको विश्व अब भने पर्यटन प्रवर्द्धनका कारण गति लिने मन्त्री आलेले सलमानसँग बताए।

मन्त्री आलेले सगरमाथा आरोहण गर्नसमेत सलमानलाई निमन्त्रणा दिए। सलमानसँग समय माग्दै उनले माउन्टेन फ्लाइटमार्फत हवाई सफर गराउन आफू तयार रहेको पनि भिडियोमार्फत इच्छा राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved