भोलि मोरङ जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपालभ्युज

भोलि मोरङ जाँदै प्रधानमन्त्री देउवा
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (सोमबार) मोरङ जाने भएका छन्। सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन देउवा त्यता जान लागेका हुन्।

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा भोलि बिहान सो नगरपालिकाद्वारा आयोजित तीन ओटा कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved