चौथो स्थानमा आर्सनलको पकड बलियो, एस्टन भिल्ला पराजित

नेपालभ्युज

चौथो स्थानमा आर्सनलको पकड बलियो, एस्टन भिल्ला पराजित

एजेन्सी । एस्टन भिल्लालाई १–० ले हराउँदै आर्सनलले इंलिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा आफ्नो पकड बलियो बनाएको छ। एस्टन भिल्लाको घरेलु मैदानमा भ्रमणकारी टोलीका तर्फबाट बुकायो साकाले ३० औं मिनेटमा निर्णायक गोल गरेका हुन्।

यससँगै आर्सनलले २८ खेलबाट ५४ अंक जोडेको छ। जबकी, पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडले २९ खेलबाट ५० अंकमात्रै जोडेको छ।

२९ खेलबाट ४८ अंक जोडेको वेस्टह्याम छैटौं र २८ खेलबाट ४८ अंक जोडेको टोट्टेनह्याम गोलअन्तरपछि पछि पर्दै सातौ स्थानमा छन्।
यी क्लबहरूबीच शीर्ष चारभित्र पर्दै आगामी वर्ष च्याम्पियन्स लिगमा छनोट हुने होडबाजी चलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved