च्याम्पियन्स लिग क्वार्टरफाइन ड्र सार्वजनिक, चेल्सी र रियल मड्रिड भिड्ने

नेपालभ्युज

च्याम्पियन्स लिग क्वार्टरफाइन ड्र सार्वजनिक, चेल्सी र रियल मड्रिड भिड्ने

काठमाडौं। युरोपियन च्याम्पयन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक भएको छ।

प्रि-क्वार्टरफाइनलबाट छानिएर आएका ८ क्लबहरूको पहिलो लिग १४ अप्रिलमा हुनेछ। जसअनुसार जर्मन क्लब बार्यन म्युनिखले प्रतिद्वन्द्वी स्पेनी क्लब भिल्लारियल पाएको छ भने स्पेनी क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। चेल्सी अघिल्लो सिजनको विजेता हो। चेल्सीले अघिल्लो सिजनमा मड्रिडलाई सेमिफाइनबाटै पाखा लगाएको थियो।

त्यस्तै स्पेनी क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटी प्रतिद्वन्द्वी पाएको छ। त्यस्तै इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्नेछ।

 

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved