चेल्सीले जित निकाल्दा, युभेन्टस लिगबाट बाहिरियो

नेपालभ्युज

चेल्सीले जित निकाल्दा, युभेन्टस लिगबाट बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिगमा गएराति स्पेनी क्लब भिल्लारियलले युभेन्टसलाई पाखा लगाएको छ। युभेन्टसको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा भिल्लालियल ३-० गोलअन्तरले विजयी भयो।

७८ मिनेटसम्म गोलरहित बराबरी खेले पनि भिल्लारियलले १४ मिनेटमा तीन गोल गर्न सफल भयो। त्यस क्रममा भिल्लारियलले पेनाल्टीमाफर्त दुई गोल गर्न सफल भयो। अघिल्लो लेगमा १-१ को बराबरी खेले पनि इटालियन क्लबले हार टार्न सकेन।

उता गएराति नै चेल्सीले च्याम्पियन्स लिगको अर्को खेलमा फ्रान्सेली क्लब लिललाई हराएको छ। ३८ मिनेटमा गोल खाए पनि उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले समग्रमा ४-१ को जित निकाल्न सकेको हो।

योसँगै जारी च्याम्पियन्स लिगमा अन्तिम ८ मा पुग्ने क्लबहरूको टुंगो लागेको छ।

म्यानचेस्टर सिटी, लिभरपुल एट्लेटिको मड्रिड, रियल मड्रिड, चेल्सी, बार्यन म्युनिख, भिल्लारियल र बेन्फिकाले लिगको अघिल्लो यात्रा तय गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved