रूसमा पुटिनविरोधी नेतालाई १३ वर्षसम्म जेल हाल्ने तयारी

निर्वासित जीवन बिताइरहेका नाभाल्नीका सहयोगी लिवोभ सोबोल लेख्छन्,‘‘ उनी निर्दोष व्यक्ति हुन् किनकी उनले पुटिनको आपराधिक सत्ताबारे सत्य ओकलिरहेका छन्।’’

नेपालभ्युज

रूसमा पुटिनविरोधी नेतालाई १३ वर्षसम्म जेल हाल्ने तयारी

एजेन्सी । रूसी अभियोजनाकर्ताहरूले विपक्षी नेता एलेक्जाई नाभाल्नीलाई १३ वर्षसम्म जेलमा राख्न माग गरेका छन्। राष्ट्रपति भ्लादिमिर  पुटिनका सबैभन्दा ठूलो आलोचक माननिने नाभाल्नीमाथि ठगी र अदालतको मानहानीको अभियोग लागेको छ।

नाभाल्नीले एन्टी करप्शन फाउन्डेशनमार्फत वर्षौदेखि उठाएको रकम दुरूपयोग गरेको आरोप पनि रूसी अभियोजनकताको कार्यालयले लगाएको छ।

उनीमाथि यसअघिको सुनुवाईका क्रममा रूसी न्यायाधिसको अपमान गरेको अभियोग पनि छ। यद्यपी, उनले यी अभियोगहरूलाई अस्विकार गरेका छन्। उनले राजनीतिक रूपमा प्रेरित भएर यस्ता अभियोग लगाइएको बताउँदै आएका छन्।

मंगलबारको बहसमा अभियोजनकर्ताहरूले १३ वर्ष जेलसजाय र १० लाख २० हजार रूबल जरिवाना माग गरेका छन्। उनीमाथि अहिल्यै २ वर्ष ६ महिनाको सजाय आदेश भइसकेको छ। ४५ वर्षीय नाभाल्नी भ्रस्टाचार विरोधी अभियन्ता तथा पुटिनका कटु आलोचक हुन्।

नाभाल्नीका सहयोगी लियोनिड भाल्कोभ यसअघि यस्तै आपराधिक अभियोगहरू लागेपछि रूस छोडेर हिंड्न बाध्य भएका थिए। उनले ट्वीटरमा लेखेका छन्, ‘रूसी अधिकारीहरु भ्लादिमिर पुटिन वा नाभाल्नीमध्ये एक नमरेसम्म नाभाल्नीलाई जेलमै कोच्न चाहन्छन्।’

निर्वासित जीवन बिताइरहेका नाभाल्नीका अर्का सहयोगी लिवोभ सोबोल लेख्छन्,‘‘ उनी निर्दोष व्यक्ति हुन् किनकी उनले पुटिनको आपराधिक सत्ताबारे सत्य ओकलिरहेका छन्।’’

जर्मनीबाट फर्कनासाथ जनवरी २०२१ मा नाभाल्नीलाई पक्राउ गरिएको थियो। केमिकल आक्रमणका कारण झन्डै मृत्यु नजिक पुगेका नाभाल्नी जर्मनीमा पाँच महीना उपचार गरेर विषमुक्त भएपछि रूस फर्किएका थिए।

यस प्रकरणमा रूसी सरकारकै संलग्नता रहेको पश्चिमाहरूको आरोप छ। किनकी, विषमा सोभियतकालीन केमिकल मिसाइएको भेटिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved