एमसीसीका शर्त अन्य वैदेशिक सहायताका भन्दा पारदर्शी छन्: सञ्चारमन्त्री कार्की

उनले एमसीसीले नेपालको गरिबी निवारण र दीगो आर्थिक विकासको लक्ष्य राखेको बताए।

नेपालभ्युज

एमसीसीका शर्त अन्य वैदेशिक सहायताका भन्दा पारदर्शी छन्: सञ्चारमन्त्री कार्की
फाइल तस्वीर

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरेका छन्।

शुक्रवार काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा मन्त्री कार्कीले एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गरे।

उनले एमसीसीले नेपालको गरिबी निवारण र दीगो आर्थिक विकासको लक्ष्य राखेको बताए। मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने प्रमाण दिनुपर्ने बताए। उनले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको बताए।

दीगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रूपमा संसारमा चिनाउनुपर्ने बेला आएको बताएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved