मोटोपन घटाउन शल्यक्रिया गरेपछि भारतीय अभिनेत्रीले ३१ वर्षमै संसार छाडेकी थिइन्

नेपालभ्युज

मोटोपन घटाउन शल्यक्रिया गरेपछि भारतीय अभिनेत्रीले ३१ वर्षमै संसार छाडेकी थिइन्

२५ भन्दा बढी भारतीय तथा दक्षिण भारतीय फिल्ममा अभिनय गरेकी अभेनेत्री आरती अग्रवाल आजकै दिन अमेरिकाको न्यू जर्सीमा १९९८४ जन्मिएकी थिइन्।

तेलुगु चलचित्र क्षेत्रमा जम्दै गरेकी आरती १४ वर्षको हुँदा फिलाडेल्फियाको पेन्सिलभेनिया शहरमा आयोजित एक नृत्यु कार्यक्रममा सहभागी भएकी थिइन्। उक्त नृत्यपछि बलिउड स्टार सुनिल सेट्टीले उनका बुवालाई आरतीलाई फिल्ममा ल्याउन सुझाव दिएका थिए।

१६ वर्षको उमेरमा फिल्ममा डेब्यू गरेकी आरतीले सन् २००१ मा पहिलो फिल्म ‘पागलपन’ खेलिन्। उनले त्यही वर्ष दक्षिण भारतीय फिल्म ‘नुवु नकु नचाव’बाट खेलेकी थिइन्।

उनको जबर्जस्त अभिनयकै कारण उनले धेरै सुपरहिट फिल्ममा काम गरिन्। आरतीले दक्षिण भारतीय फिल्म खेलिन्। साउथका चिरञ्जीवी, नागार्जुन, महेश बाबु, रवि तेजा, जुनियर एनटीआर, प्रभासलगायत कलाकारहरूसँग फिल्ममा काम गरेकी थिइन्। उनले आफ्नो करिअरमा २५ वटा चलचित्रमा अभिनय गरेकी थिइन्।

तर पछि अभिनेता तरुणसँगको प्रेम सम्बन्धमा समस्या आएपछि उनले सन् २००५ मा आत्महत्या प्रयास पनि गरेकी थिइन्। उनले आफ्नो करिअरमा तेलुगु, तमिल र हिन्दीसहित फिल्ममा काम गरिन्।

मोटोपनाबाट ग्रसित आरतीले मृत्युको एक महीनाअघिले लाइपोसक्सनको शल्यक्रिया गराएकी थिइन्। यो शल्यक्रियाबाट उनको शरीरबाट अतिरिक्त बोसो हटाइएको थियो। हैदरावादका एक डाक्टरले उनलाई शल्यक्रिया नगर्न सल्लाह दिएका थिए। तर उनले डाक्टरको कुरा मानिनन्। शल्यक्रियापछि उनलाई स्वाशप्रश्वासमा समस्या आएको थियो।

अमेरिकाको न्यू जर्सीको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो। जहाँ उनको अर्को शल्यक्रिया गर्नुपर्ने थियो। तर अचानक उनको मृत्यु भयो। आरतीको मृत्युपछि उनका प्रबन्धकले उनी मोटोपना र फोक्सोको रोगबाट पीडित रहेको र उनको उपचार पनि भइरहेको बताएका थिए। यसै क्रममा उनलाई हृदयघात भएको थियो।

उनको मृत्यु ६ जुन २०१५ मा न्यू जर्सीमा भएको थियो। त्यसबेला उनी मात्र ३१ वर्षकी मात्र थिइन्। उनको मृत्युको एक दिन अगाडि उनको फिल्म ‘रानम–२’ रिलिज भएको थियो।

फिल्मबाट अफर आउन छाडेपछि उनले शल्यक्रया गरेर मोटोपन घटाउन चाहेकी थिइन्। फिल्म आउन छाडेपछि उनी डिप्रेशनको सिकारसमेत भएकी थिइन्। आर्थिक अवस्था पनि नाजुक बन्दै गएको थियो। बढ्दो मोटोपनाबाट पनि पीडित उनले यसबाट छुटकारा पाउन शल्यक्रिया गर्ने निर्णय गरेकी थिइन्।

भाष्करबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved