पल शाह प्रकरण: पक्ष/विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको अनुरोध

नेपालभ्युज

पल शाह प्रकरण: पक्ष/विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको अनुरोध

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीको जाहेरीमा पक्राउ परेका पल शाहको पक्ष/विपक्षमा प्रदर्शन नगर्न अनुरोध गरेको छ।

शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

गम्भीर प्रकतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने बताउँदै आयोगले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ।

आयोगले विज्ञप्ति निकाल्दै अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्ने र अनुसन्धानसमेत प्रभावित हुने भएकाले यस्ता क्रियाकलाप नगर्न आयोगले अनुरोध गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved