एमसीसीविरुद्ध साना वामपन्थी दल आन्दोलनमा, ठूला दलका नेतासमेत आवद्ध

एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टीले संयुक्त विरोध प्रदर्शन गर्दैछन्।

नेपालभ्युज

एमसीसीविरुद्ध साना वामपन्थी दल आन्दोलनमा, ठूला दलका नेतासमेत आवद्ध

काठमाडौं। एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टीले संयुक्त विरोध प्रदर्शन गर्दैछन्। उनीहरूले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा गर्दैछन्। आजको विरोध सभामा ११ बक्ताले भाषण गर्दैछन्।

एमसीसीको खारेजीको माग गर्दै साना आठ वामपन्थी दल आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका छन्। साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य किरण महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा (माओवादी समाजवादी)ले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दैछन्।

एमसीसी सम्झौताविरुद्धको आन्दोलनमा सहभागी हुन विप्लव नेतृत्वको नेकपाले छलफलसमेत थालेको छ। विप्लव नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमसीसीविरुद्धको आन्दोलन तथा राजनीतिक ध्रुवीकरण’दलगत छलफल भइरहेको जनाएका छन्। सोही क्रममा बिहीबार विप्लव, विश्वकर्मा तथा नेकपा एमालेका नेता भीम रावलबीच छलफल भएको छ। रावल निवास टोखामा तीन नेताबीचमा छलफल भएको छ।

विप्लवले बुधबार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई समेत भेटिसकेका छन्। भेटघाटमा  एमसीसीविरुद्ध एकजुट हुने विषयमा छलफल भएको बताइएको छ। संसद्बाट एमसीसी पारित भएपछि एकीकृत समाजवादीका नेता खनाल, माओवादीका नेता श्रेष्ठसहितका शीर्ष नेता पार्टी नेतृत्वबाट असन्तुष्ट छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved