खप्तड गोल्डकप

८५ मिनेटमा विमलको गोलः दिल्ली फुटबल क्लबलाई हराउँदै मनाङ सेमिफाइनमा

नेपालभ्युज

८५ मिनेटमा विमलको गोलः दिल्ली फुटबल क्लबलाई हराउँदै मनाङ सेमिफाइनमा

धनगढी। पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब विजयी शुरुआत गरेको छ।

बिहीबारदेखि धनगढी रंगशालामा शुरु खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद् शुरुआत गरेको हो। जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे। दिल्लीका लागि कृष्णले एक गोल फर्काए। मनाङले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो।

खेलको ७१ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ८२ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि ८५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन्। प्रतियोगिता अन्तर्गत शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन्।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउनेछन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved