रूस-युक्रेन शान्तिको कामना गर्दै बौद्धमा नेपालस्थित दूतावासहरूको दीप प्रज्वलन

नेपालभ्युज

रूस-युक्रेन शान्तिको कामना गर्दै बौद्धमा नेपालस्थित दूतावासहरूको दीप प्रज्वलन

काठमाडौं। रूस-युक्रेनबीच भएको युद्धमा शान्तिको कामना गर्दै नेपालस्थित विभिन्न देशका राजदूतले बौद्धमा शान्तिदीप प्रज्वलन गरेका छन्।

ग्याल्बो ल्होसारको अवसर पारेर नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपलस्थित अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्क, नेपालस्थित बेलायती राजदूत निकोला पोलिटी लगायत अन्य देशका राजदूत बौद्ध पुगेका हुन्।

रुस-युक्रेनबीचको युद्धमा परि धेरै मानिसले ज्यान गुमाएका छन्। युक्रेनमा रूसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेका संयुक्त राष्ट्र शरणार्थी एजेन्सी यूएनएचसीआरले बिहीबार जनाएको छ।

युक्रेन मामिलामा संयुक्त राष्ट्रसंघमा भएको मतदानमा पनि नेपालले रूसको विपक्षमा रहँदै युक्रेनको पक्षमा मतदान गरेको थियो। नेपालका दुई छिमेकी देशमध्ये चीन रूसको पक्षमा रहँदा भारत भने मतदानमा सहभागी नै भएको थिएन।

नेपालले युक्रेनको पक्षमा मतदान गरेसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेका थिए। टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी हुनुका साथै नेपालले युक्रेन मामिलामा अमेरिकालाई साथ दिएकोमा नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए।

 

 

 

 

तस्वीरहरूः सुमन नेपाली

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved