अन्य कलेजमा पढ्न पाउनुपर्ने माग राख्दै नोबेलका विद्यार्थी रिले अनसनमा

विद्यार्थीहरूले विगत ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताएका छन्।

नेपालभ्युज

अन्य कलेजमा पढ्न पाउनुपर्ने माग राख्दै नोबेलका विद्यार्थी रिले अनसनमा

काठमाडौं। नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन शुरु गरेका छन्।

बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबीबीएस पढ्ने विद्यार्थीले अनसन शुरु गरेका हुन्। नोबेल कलेजबाट पीडित १० विद्यार्थीहरूले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण गर्न माग राख्दै रिले अनसन, भोक हड्ताल तथा धर्ना शुरु गरेका हुन्।

उनीहरूले विगत ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताएका छन्। नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्सा शिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबीबीएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए।

उनले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे। धेरै विद्यार्थीले आत्मासर्मपण गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिलेअनसनमा शुरु गरिएको जानकारी दिनु भयो।

त्यस्तै, पौडेलले राज्यले बनाएको कानून राज्यले नै कार्यान्वय गर्न नसक्दा एमबीबीएस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा पुगेको बताए। उनले राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अनसन शुरु गरिएको बताए। एमबीबीएस पढ्न आएका विद्यार्थी राज्यको कानून कार्यान्वय गराउनको लागि सडकमा आउनु परेको पौडेलले गुनासो गरे।

रिले अनसनमा विद्यार्थीहरूले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्, २०१५/१६ ब्याजका विद्यार्थी इन्टनशिपको व्यवस्थापन गर्, हाम्रो न्यायोचित माग सम्बोधन गर्, विद्यार्थीको भविष्य सुनिश्चित गर्, सुरक्षित स्थानमा पढ्ने वातावरण बना , डे ८० स्थानन्तरण गरियोस् भन्ने प्लेकार्ड बोकेर विरोध गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved