राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे।

नेपालभ्युज

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह
फाइल तस्वीर

बनेपा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए।

आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए।

कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसीसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसद्बाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे।

नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गरे।

नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे।

उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए।

काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँको सभापतित्वमा भइरहेको जिल्ला कार्यसमिति बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायतका नेताको उपस्थिति छ।

बैठक आगामी निर्वाचनका लागि सङ्गठन परिचालन, राष्ट्रिय राजनीतिका मुद्दाका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने काममा केन्द्रित हुने कांग्रेसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved