बलात्कार आरोप लागेका सांसद मोहन बानियाँ पक्राउ

नेपालभ्युज

बलात्कार आरोप लागेका सांसद मोहन बानियाँ पक्राउ

सुर्खेत। जबर्जस्ती करणीको आरोप लागेका एमाले मुगुका सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेको छ। सांसद बानियाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

सांसद बानियाँलाई जुम्लाकी ४० वर्षीया एक महिलाले सांसद बानियाँ नेपालगञ्ज अप्सरा होटेलमा माघ १९ गते बलात्कार गरेको भन्दै माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

बानियाँलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।

ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएका थिए। सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved