भारतबाट रासायनिक मल ल्याउन दुवै देशबीच हस्ताक्षर

नेपालभ्युज

भारतबाट रासायनिक मल ल्याउन दुवै देशबीच हस्ताक्षर

काठमाडौं । जीटूजी व्यस्थामार्फत भारतबाट रासायनिक मल ल्याउन नेपाल-भारतबीच हस्ताक्षर भएको छ।

युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव श्री राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव श्री डा गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री श्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितमा आज एक भर्चुअल समारोहबीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता जनाएका थिए।

हस्ताक्षर समारोहमा बोल्दै सचिव श्री राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे। साथै उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved