एमसीसीले अमेरिका र चीन आमनेसामने हुने अवस्था आयो: प्रदीप ज्ञवाली

उनले संसद्बाट एमसीसी अनुमोदन हुनु नेपालीको लागि ठुलो दुर्भाग्य भएको बताए। उनले सांसद् भीम रावलले पार्टीको निर्णय र नीतिविपरीत एमसीसीको छलफलमा भाग लिएकाले त्यसको पार्टीले गम्भीर समीक्षा गर्ने बताए।

नेपालभ्युज

एमसीसीले अमेरिका र चीन आमनेसामने हुने अवस्था आयो: प्रदीप ज्ञवाली

धनगढी। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनले अमेरिका र चीन आमनेसामने हुने अवस्था आएको बताएका छन।

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले संसद्बाट एमसीसी अनुमोदन हुनु नेपालीको लागि ठुलो दुर्भाग्य भएको बताए।

ज्ञवालीले भने, ‘‘प्रचण्ड माधवका कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो। यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ।’’ उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए।

अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले आगामी चुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन्।

एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुुनावमा तयारीमा लाग्न आह्वान पनि गरेका छन्।

पत्रकारहरूले एमालेको अवरोधकाबीच पनि सांसद भीम रावलले एमसीसीको छलफलमा भाग लिएको विषयमा पार्टीले के गर्छ? भनेर राखिएको जिज्ञाशामा उनले पार्टीको निर्णय र नीतिविपरीत गरिएका कामको गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिइने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved