रौतहटमा मेयरसहित चार जना पाँच लाख रुपैयाँ घुससहित पक्राउ

नेपालभ्युज

रौतहटमा मेयरसहित चार जना पाँच लाख रुपैयाँ घुससहित पक्राउ

रौतहट। रौतहटको देवाहो गोनाही नगरपालिकाका मेयरसहित चारजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई अख्तियारको टोलीले दुई लाख ५० हजार रुपैयाँको चेक र त्यति नै रकमसहित पक्राउ गरेको जनाएको छ।

सोही नगरपालिका-१ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।

उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

आयोगको टंगालबाट खटिई गएको टोलीले नगर प्रमुख पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार चौथो तह) मुकेश पटेल र सह-लेखापाल प्रदीप कुमार यादवलाई सेवाग्राहीबाट घुसररिसवत बापत २ लाख ५० हजार र दुई लाख पचास हजार रुपैयाँ र अर्को साढे दुई लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved