एमसीसीविरुद्ध उग्र बन्दै प्रदर्शनकारीः अश्रुग्यास प्रहरीतिरै फर्काए (हेर्नुहोस् तस्वीरहरू)

नेपालभ्युज

एमसीसीविरुद्ध उग्र बन्दै प्रदर्शनकारीः अश्रुग्यास प्रहरीतिरै फर्काए (हेर्नुहोस् तस्वीरहरू)

काठमाडौं । संसदमा एमसीसी पास गराउने विषयमा छलफल चलिरहँदा आज पनि संसद भवन नयाँ बानेश्वर आसपास क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन चर्किएको छ।

प्रदर्शनकारीहरू घरेलु हतियारसहितसहित उपस्थित थिए। आज प्रदर्शनकारीहरूले उग्र रूप लिन सक्ने आकलन गरी सरकारले बाहिरी जिल्लाबाट पनि उपत्यकामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रहरीले पानीको फोहोरासहित प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे पनि उनीहरूको विरोध रोकिएको छैन।

दिनभर प्रहरी र प्रदर्शनकारीबीच दिनभर घम्साघम्सी भएको थियो। ढुंगामुढासहित उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले लछारपछार पारेको थियो। त्यस क्रममा कैयौं पदर्शनकारी घाइते पनि भएका थिए। प्रहरीले भीड नियन्त्रण गर्न प्रदर्शन रोक्न प्रहार गरेको अश्रुग्यास प्रदर्शनकारीले उल्टै टिपेर फर्काएका थिए।

तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved