जाडो सकिएपछि सर्लाहीमा न्यानो कपडा वितरण

नेपालभ्युज

जाडो सकिएपछि सर्लाहीमा न्यानो कपडा वितरण

सर्लाही । सर्लाहीमा यतिबेला न्यानो कपडा वितरण गरिएको छ।

मधेशमा अहिले जाडो कम भइसमेको छ भने दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ। तर जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न र दलित परिवारलाई न्यानो कपडा वितरण गरेको हो।सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका-३ का विपन्न र दलित परिवारलाई कपडा वितरण गरिएको हो।

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको सहयोगमा दलित र विपन्नलाई न्यानो कपडा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जाडोको समयमा न्यानो कपडाको अभाव नहोस् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको बताइए पनि मधेसमा जाडो भने लगभग विदा भइसकेको छ ।

मोटो ज्याकेट १५ थान, पातलो ज्याकेट ७० थान, सर्ट-टिसर्ट ५० थान, जुत्ता ६५ थान र ट्रयाक ५० थान वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बेस्सरी जाडो हुँदा केही नपाएको र जाडो सकिने बेलामा न्यानो कपडा वितरण गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए ।

“हामी गरिबको घरमा कपडा राख्ने दराज नभएकाले मोटो ज्याकेटको अब कुनै काम नै छैन,” एक स्थानीयले भने, “चिसोको बेलामा आगो तापेर बिताउनु पर्‍यो। अब गर्मी लाग्न थालेर हो कि चुनाव आएर हो ज्याकेट बाँडेको छ। जसको अब कुनै जरूरी नै छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved