मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज

नेपालभ्युज

मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज

जनकपुरधाम। धनुषाको एक आयुर्वेद कलेजको सम्बन्धन खारेज गरिएको छ।

धनुषाको नगराइन नगरपालिका नगरपालिकाको गंगुलीमा रहेको मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज भएको हो।

नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएको मिथिला आयुर्वेद कलेजमा पठनपाठन नहुने गरेको र कलेजको सारा व्यवस्था अस्तव्यस्त रहेको भन्दै बिए एमएसको पठनपाठनका लागि प्रदान गरिएको सम्बन्धन खारेज गरिएको विश्व विद्यालयले जनाएको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले सम्बन्धन खारेजको निर्णय भएको आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय वेलझुण्डि दाङले जनाएको छ।

परिषद्को निर्णय नंं १३७ अनुसार सम्बन्धन खारेज गरेको विश्वविद्यालयको डिनको कार्यालयबाट जारी सूचनामा उल्लेख रहेको छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको लगानीमा मिथिला आयुर्वेद कलेजमा आयुर्वेद विषयको स्नातक तहको पठन पाठन हुँदै आएको थियो। साथै सो कलेजमा अहिले अध्ययन गरिरहेका विद्यार्थीहरूलाई आयुर्वेदको दाङमा रहेको केन्द्रीय कलेजमा सार्ने निर्णय विश्वविद्यालयको परिषद् बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved