रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल फ्रान्समा सर्‍यो

नेपालभ्युज

रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल फ्रान्समा सर्‍यो

काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएले यस वर्षको च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल रुसको सेन्ट पिटर्सववर्ग शहरबाट फ्रान्सको पेरिसमा सार्ने निर्णय गरेको छ। यसअघि क्रेस्तोभस्काई रंगशालामा फाइनल खेल हुने तय थियो।

तर, शुक्रबार बसेको युईएफएको विशेष बैठकले फाइनल खेल सार्ने निर्णय गरेको हो। २८ मेइमा फाइनल खेल हुनेछ।

युक्रेनमा आक्रमण गर्ने रुसी कदमको विश्व समुदायले रुसको निन्दा गर्दै आएका छन्। त्यही परिस्थितीलाई मध्यनजर गर्दै फाइनल खेल सारिएको हो।

”युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल संकटको समयमा आयोजना गर्नका लागि सहयोग गरेकोमा फ्रान्सेली राष्ट्रपति इम्मानुयल माक्रोनलाई युईएफए विशेष धन्यवाद दिन चाहन्छ,” युईएफएले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युक्रेनमा युद्धका कारण समस्या व्यहोरिरहेका फुटबलर र उनीहरूका परिवारको उद्धार र सहयोगका लागि फ्रान्स सरकारसँग मिलेर युईएफएले काम गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स लिग खेलिरहेका युक्रेनी र रुसी क्लबहरूले अर्को सूचना जारी नभएसम्मका लागि आफ्ना खेलहरू न्युट्रल भेन्युमा खेल्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved