राप्रपा नेपाल कास्कीमा बास्तोला, बाँकेमा सिंह, चितवनमा खराल, हुम्लामा रावत

नेपालभ्युज

राप्रपा नेपाल कास्कीमा बास्तोला, बाँकेमा सिंह, चितवनमा खराल, हुम्लामा रावत

काठमाडौं। राप्रपा नेपालले संगठन विस्तारलाई तीव्र बनाएको छ। सो पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ।

आज मात्र राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छन्। कास्कीका राप्रपा नेपालसम्बद्ध नेता, कार्यकर्ताहरुको भेलाले शिव कुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो। नगगठित समितिको सदस्यहरुमा सूर्य प्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुक बहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला, कृष्ण प्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अनुज अधिकारी हमाल, बीर बहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, स्वीटी के।सी। सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेक बहादुर जलरी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छविलाल लामिछाने रहेक छ।

यस्तै बाँके जिल्लाको संयोजकमा दिपेन्द्र बहादुर सिंह, हुम्ला जिल्लाको संयोजकमा सुमन रावत तथा चितवनको जिल्ला संयोजकमा विष्णु खराललाई तोकिएको छ। अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति निर्माण गर्ने राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved