कांग्रेसद्वारा सबै सांसदलाई संसद्‌मा उपस्थित हुन ‘ह्विप’

कांग्रेसले आफ्ना सबै सांसद्लाई बिहीबार प्रतिनिधिसभामा हुने एमसीसीबारे छलफलमा अनिवार्य उपस्थित हुन ह्विप गरेको हो।

नेपालभ्युज

कांग्रेसद्वारा सबै सांसदलाई संसद्‌मा उपस्थित हुन ‘ह्विप’

काठमाडौं। बिहीबारको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नेपाली कांग्रेसले आफ्ना संसदहरूलाई ह्विप जारी गरेको छ। कांग्रेसले आफ्ना सबै सांसदलाई बिहीबार प्रतिनिधिसभामा हुने एमसीसीबारे छलफलमा अनिवार्य उपस्थित हुन ह्विप गरेको हो।

कांग्रेसकी सचेतक पुष्पा भुसाललले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन सबै सांसदलाई निर्देशन दिएको जानकारी दिइन्।

सरकारले विवाद र संसद् अवरोधकैबीच गत आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल गरेको थियो। सत्ता साझेदार दलहरूबीचमै एमसीसीबारे विवाद चर्किँदै गएको बेला नेपाली कांग्रेस भने जसरी पनि एमसीसी पास गर्नुपर्ने पक्षमा देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved