आज मधेश प्रदेश सभाको बैठक बस्दै

नेपालभ्युज

आज मधेश प्रदेश सभाको बैठक बस्दै

धनुषा। आज मधेश प्रदेशको प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्नेछ।

आजको प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।

गत माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेस गरेका थिए।

यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved