एमसीसी बुझाउन स्थानीय तहमा जाँदै बागमती कांग्रेस

बैठकले प्रदेश राजधानी हेटौँडा र काठमाडौंमा रहेको सम्पर्क कार्यालयलाई नियमित सञ्चालनमा ल्याउनेसमेत निर्णय गरेको छ।

एमसीसी बुझाउन स्थानीय तहमा जाँदै बागमती कांग्रेस

हेटौँडा। कांग्रेस बागमती प्रदेशले एमसीसीको बारेमा जनचेतना मुलक कार्यक्रमहरु गर्ने भएको छ ।

आइतबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको दोस्रो बैठकले एमसीसीको विषयमा अनावश्यक भ्रमहरु फिँजाउने काम भएको भन्दै यसको बारेमा जनचेतना मुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

स्थानीय तहहरुमा नै गएर यस्ता भ्रमहरु चिर्ने निर्णय भएको कांग्रेस बागमतीले जनाएको छ । आइतबार सिन्धुपाल्चोकको सिकुटेमा बसेको दोस्रो बैठकले विभिन्न सात ओटा निर्णयहरु गरेको हो ।

कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले जगदिशनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भएका कमजोरीहरुलाई पहिचान गरी विशेष कार्यक्रमहरु बनाउनेसमेत निर्णय गरेको छ । स्थानीय तहमा भएका मतदाताको तथ्यांक संकलन गरी प्रदेश समितिमा पठाउन आग्रह गर्ने निर्णय भएको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए।

त्यस्तै, बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरुको मासिक लेवी तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेश राजधानी हेटौँडा र काठमाडौंमा रहेको सम्पर्क कार्यालयलाई नियमित सञ्चालनमा ल्याउनेसमेत निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved