केपी ओलीले संसदमा एमसीसी दर्ता गरेपछि पार्टी फुटेको हो : माधव नेपाल

नेपालभ्युज

केपी ओलीले संसदमा एमसीसी दर्ता गरेपछि पार्टी फुटेको हो : माधव नेपाल

सर्लाही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज संसदमा टेबुल भएको एमसीसी परियोजना नेकपा एमाले अध्यक्ष केपी ओलीले ल्याएका बताएका छन्।

समाजवादीका सर्लाहीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाका छोराहरूको विवाह भोजमा सरिक हुन सर्लाही आइपुगेका अध्यक्ष नेपालले हरिवन नगरपालिका–५ घुर्कौलीस्थित लामाको निवासमा प्रीतिभोज खाएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा भने, “हामीले तीव्र विरोध गर्दा गर्दै तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद्मा एमसीसी दर्ता गरे, त्यसैले आज पार्टी फुटेको हो।”

लामा छोराहरू नवीन र प्रवीनको वैवाहिक प्रीतिभोजमा सहभागी हुन काठमाडौंबाट सिमरा एयरपोर्ट ल्याण्ड गरेका नेता नेपाल सिमराबाट भने जिपबाट हरिवनसम्म आएका हुन्।

जिल्ला अध्यक्ष लामा सोही पार्टी सम्बद्ध अनेरास्ववियुकी केन्द्रीय महासचिव आरती लामाकी बुबा हुन्।

नेपालले एमसीसीमाथि बहस हुनुपर्ने बताए। “अब छलफल होस्, एमसीसी पास गर्ने नाममा सत्ता गठबन्धन तोड्ने र जोड्ने कुरा रहेन, हिजो सरकार बनाउँदा कुनै इस्युमा मन मिलेको थियो। अहिले नमिल्न सक्छ नहुन सक्छ,” उनले भने।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved