एमसीसीले नेपालमा तानाशाही व्यवस्था ल्याउँदै छ, नेपाली होसियार : प्रेम सुवाल

नेपालभ्युज

एमसीसीले नेपालमा तानाशाही व्यवस्था ल्याउँदै छ, नेपाली होसियार : प्रेम सुवाल

काठमाडौं । संसदको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसीले नेपालमा तानाशाही व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन्।

संसदमा आज एमसीसी पेस हुने कार्यसूची छ।

एमसीसीले शेरबहादुर देउवालाई धम्की दिएर संसदमा आएको पनि सुवाल आरोप लगाए।

उनले कांग्रेसका नेता तथा कार्यकर्ताले अमेरिकी मन्त्रीलाई हाम्रा नेतालाई किन धम्की दिएको भनेर सोध्नुपर्ने बताए। एमसीसीको धारा स्मरण गराउँदै सुवालले एमसीसी सम्झौतामा सही गराइएको पनि बताए।

उनले एमसीसीमा नेपाली मरे पनि कतै उजुरी नहुने उल्लेख भएकाले नेपालमा एमसीसीले तानाशाही व्यवस्था ल्याउने भन्दै संसदमा चेतावनी दिए। “एमसीसीबारे प्रधानमन्त्रीलाई पनि सोध्नुपर्छ। यो खारेज गर्नुपर्छ। नेपालको संविधान कानुनभन्दा माथि छ एमसीसी।”

नेपाली कांग्रेसको चर्को आलोचना गरेका उनले कांग्रेस र बाबुराम भट्टराईका पालामा व्यापक राजनीतिक सहमतिबीच एमसीसीमा छलफल भए पनि त्यो पर्याप्त नभएको बताए।

एमसीसी अमेरिकी इन्ट्रेस्ट र लगानी भएको र सहयोग नभएको बताए। “५० करोड डलरले नेपाली सुखी हुने रे। १० खर्ब रेमिट्यान्स आउँछ खै नेपाली खुसी भएका,” उनले भने, “त्यसैले नेपाली जनताले होस पुर्‍याउनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved