फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालन

नेपालभ्युज

फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालन

काठमाडौं । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारदेखि सराङकोटडाँडासम्म केबलकार सञ्चालनमा आएको छ। फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नेगरी अन्नपूर्ण केबलकार प्रालीले शुक्रबारदेखि सेवा सञ्चालन गरेको हो। । केबलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ।

१३ वर्षदेखिको अध्ययन र २ अर्ब भन्दा बढी लगानीमा केबुलकार निर्माण गरिएको अन्नपूर्ण केबलकार प्रालीका निर्देशक तिर्थ त्रिपाठीले बताए। ‘‘१३ वर्षअघि हामीले जापानी मुलुकको नेपाली नागरिक ताकासी म्याआरालाई नेपालमा लिएर आयौं। उसलाई ल्याएर सर्भे गर्दा केबलकारका लागि यो स्थान उचित लाग्यो। त्यसपछि यहाँ र माथि केही जग्गा किन्यौँ । जग्गा बैना लगाएर अन्नपूर्ण केबलकार प्राली भनेर कम्पनी दर्ता गरायौँ,’’ उनले भने,‘‘कम्पनी दर्ता गरेर काम अगाडी बढायौं। अहिले सफल भएका छौँ। यो केबलकारको क्षमताअनुसार १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गर्न सक्छन । अहिले १७ वटा छन। यसमा ३५ वटासम्म राख्न सक्छौँ।’’

केवलकारमार्फत एक घण्टामा २ हजार जनाले सेवा लिन सक्ने उनले बताए। कम्पनीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबलकारमार्फत फेवातालबाट साङकोटसम्म ९ मिनेटमै पुग्न सकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved