टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटमा नेपाल-ओमानसँग भिड्दै

आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे शुरु हुनेछ।

नेपालभ्युज

टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटमा नेपाल-ओमानसँग भिड्दै
फाइल तस्वीर

काठमाडौं। आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे शुरु हुनेछ।

नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ। यदि आजको खेल हारेमा बाँकी दुई खेल जित्नै पर्ने दबाब हुनेछ। ओमानमा भएको चार देशीय टी–२० शृङ्खलामा नेपालले ओमानलाई हराएको थियो। तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन्।

ग्लोबल छनोटमा आठ देश सहभागी छन्। आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ। आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन्। नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved