एमसीसीबारे लोसपा सांसदहरुको छुट्टै छलफल

लोसपाले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको आफ्नो कक्षमा सांसदहरुलाई बोलाएको हो।

नेपालभ्युज

एमसीसीबारे लोसपा सांसदहरुको छुट्टै छलफल
फाइल तस्वीर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्नका लागि सांसदहरुलाई बोलाएको छ।

लोसपाले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको आफ्नो कक्षमा सांसदहरुलाई बोलाएको हो।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमसीसी परियोजनलाई संसद्मा पक्षमा अथवा विपक्षमा मतदान गर्ने विषयमा छलफलका लागि सांसदहरुलाई मध्यान्ह १२ बजे संसद भवन बोलाएका हुन्।

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टबुल हुनसक्ने सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved