सर्लाहीमा आगोमा जलेर एक वृद्धको मृत्यु

नेपालभ्युज

सर्लाहीमा आगोमा जलेर एक वृद्धको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम। सर्लाहीमा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार बागमती नगरपालिका –८, सोल्टीमा आगोले जलेर एक जना वृद्ध पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय रामआशिष साह रहेका छन्। सर्लाही प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ।

छिमेकी रामप्रवेश पण्डितले सोमबार बिहान २ बजेतिर रामआशिषको घर अगाडि अचानक आगो दन्किरहेको देखेपछि हतार–हतार पानी हालेर निभाइएको बताए।

आइतबार राती घरमै सुतेका वृद्ध अचानक घर अगाडि भएको आगलागीमा कसरी परे भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

वृद्धसँगै परिवारका अन्य सदस्य पनि राती घरमै सुतेका थिए। स्थानीयका अनुसार रामअशिषका दुई छोराहरु भने बरहथवा बजारमा चिरान मिल सञ्चालन गरेर बस्ने गरेका छन्।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले घटना सम्बन्धका अनुसन्धान भइरहेको बताए। मृतक वृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved