श्वासप्रश्वास सम्बन्धी समस्या देखिए बर्डफ्लु परीक्षण गर्न आग्रह

नेपालभ्युज

श्वासप्रश्वास सम्बन्धी समस्या देखिए बर्डफ्लु परीक्षण गर्न आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्वासप्रश्वास सम्बन्धी समस्या देखिए बर्डफ्लु रोगको संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य परिक्षण गर्न आग्रह गरेको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा.समीर कुमार अधिकारीले हालै गरिएको कुखुराको नमुना परीक्षणमा पुष्टि भएको बर्डफ्लुको सवटाइप एच. फाईभ, एन.वान.एवीएन इन्फ्लूइन्जाको संक्रमण मानिसमा समेत फैलन सक्ने भएकोले श्वासप्रश्वासमा समस्या तथा अन्य सङ्क्रमणका जस्तै लक्षण देखिए स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका हुन्।

सह प्रवक्ता डा.अधिकारीले चितवनको राप्ती नगरपालिका वडा ६ र काठमाडौँको गोर्कणेश्वर नगरपालिका वडा नं ३ स्थित कृषि फामको कुखुरामा नमुना परिक्षण गर्दा बर्डफ्लूको सवटाइप पुष्टि भएको जानकारी दिए। हाल बर्डफ्लू पुष्टि भएको क्षेत्रमा पशुपक्षीको सम्पर्कमा आएका व्यक्ति, श्वासप्रश्वास समस्या भएका, ज्वरो तथा रुघाखोकी लागेका व्यक्तिले १० दिन होम आइसोलेसनमा बसी स्वास्थ्य संस्थाको सम्पर्क आउन समेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

त्यसैगरी, आज देशभर ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १ सय १५ नमुनाको परिक्षण गर्दा ५ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज संक्रमित ३ हजार ९ सय ३५ जना निको भएका छन् भने संक्रमित १० जनाको मृत्यु भएको छ। हाल देशभर २२ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved